१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १२ शनिबार o५:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भोटेकोशीले पार गर्यो सतर्कता तह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार o५:५७:oo

असोज १२, बिहान ३:५० बजे
सिन्धुपाल्चोक जिल्ला भएर बग्ने भोटेकोशी नदीको जलसतहले सतर्कता तह पार गरेको छ। बाह्रविसे जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको देखिएको हो।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले केहीबेरअघि सूचना जारी गर्दै जलाधार क्षेत्रमा लगातार भारी वर्षा भइरहेकाले जलसतह बढ्दो क्रममा रहेको जनाएको छ।

 सो नदीको तटीय क्षेत्रहरूमा रहनुहुनेहरूले साँझ सम्मै उच्च सतर्कता अपनाऔँ।

महाशाखाले शनिबार बिहान ३:५० बजे सूचना जारी गर्दै बढ्दो क्रममा रहेका नदी तटीय क्षेत्रमा बाढीपहिरोको जोखिम रहेकाले आज साँझसम्म नै सतर्कता अपनाउन अपिल गरेको छ।