मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ १३ शुक्रबार १९:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसदमा ईश्वर पोखरेलको प्रश्न - सरकार एक चीन नीतिको विपरीत अगाडि बढेको हो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ १३ शुक्रबार १९:००:००

नेकपा(एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति तथा कार्यक्रममा परराष्ट्र नीति तथा बाह्य सम्बन्धमा देखा परेको अयोग्यतालाई सरकारले लुकाएको बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकारले नीति तथा कार्यक्रममा परराष्ट्र नीति तथा बाह्य सम्बन्धमा देखा परेको अयोग्यता र राष्ट्रिय हितविपरीतका कुराहरूलाई लुकाउने प्रयास गरेको बताएका हुन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो भारत भ्रमणको क्रममा इपिजी प्रतिवेदन र चुच्चे नक्साको कुरा नगर्नु खेदजनक भएको टिप्पणी गरे । उनले भने, ‘यो नीति तथा कार्यक्रममा सरकारले परराष्ट्र नीति तथा बाह्य सम्बन्धमा देखा परेको चरम अयोग्यता र राष्ट्रिय हितविपरीतका कुराहरूलाई लुकाउने प्रयास गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाजीले भारत भ्रमणका समयमा आफ्ना कुरा उठाउन सक्नुभएन । म लज्जाबोध गर्दछु । त्यहाँ उहाँको लाचारीपूर्ण उपस्थिति मात्रै रह्यो । यो आरोप फत्तुर होइन, एउटा दुर्भाग्यपूर्ण यथार्थ के हो भने हाम्रो प्रधानमन्त्रीजीको उपस्थिति त्यस्तो रह्यो जसमा हामी दुःख व्यक्त गर्न सक्छौँ । नेपाल–भारत दुवै देशका सरकारका प्रतिनिधिहरूको तर्फबाट सहमतिमा तयार गरिएको इपिजी अनिश्चित बनाउन खोजिएको प्रतिवेदन तथा नेपालको चुच्चे नक्सा जस्ता महत्वपूर्ण विषयमा प्रधानमन्त्रीजीले चुँसम्म पनि गर्नुभएन । यो खेदजनक कुरा थियो ।’

उनले  पछिल्लो समय भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री देउवाको उपस्थिति लज्जाजनक भएको बताए ।  त्यसैगरी उनले सरकार एक चीन नीतिको विपरीत अगाडि बढेको हो ? भन्ने प्रश्नसमेत गरे । अमेरिकी विदेश सहायकमन्त्रीको नेपाल भ्रमणका क्रममा तिब्बती शरणार्थीलाई भेट्न दिएकोप्रति उनले आपत्ति जनाए । उनले एमालेलाई हमला गरेर सिध्याउने  र स्थानीय तहको निर्वाचन नगरेर डरलाग्दो रिक्तता सिर्जना गर्ने सत्तारुढ गठबन्धनको योजना असफल भएको बताए ।