१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
विदुर कटुवाल नयाँ पत्रिका
२०७९ जेठ १३ शुक्रबार ०७:२०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विभाजनपछि विप्लव नेकपाको केन्द्रीय बैठक उदयपुरमा

Read Time : < 1 मिनेट
विदुर कटुवाल, नयाँ पत्रिका
२०७९ जेठ १३ शुक्रबार ०७:२०:००

विभाजनपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको १३औँ पूर्ण बैठक उदयपुरको रौतामाई गाउँपालिकामा सुरु भएको छ । पर्यटकीय केन्द्र रौतापोखरीमा बिहीबारदेखि बैठक सुरु भएको हो ।

नेकपा उदयपुरका जिल्ला सेक्रेटरी लक्षमण पौडेलका अनुसार बैठक करिब एक साता चल्नेछ । बैठकको उद्घाटन गर्दै महासचिव विप्लवले राजनीतिक प्रस्ताव र आगामी ९औँ  महाधिवेशनको राजनीतिक प्रस्ताव पेस गरेका छन् । उक्त राजनीतिक प्रस्ताव र महाविधेशनको राजनीतिक प्रस्तावमा छलफल हुने पौडेलले जानकारी दिए ।

उनले भने, ‘बैठकमा सहभागी ५८ केन्द्रीय सदस्य र केन्द्रीय सल्लाहकार समितिका दुई सदस्यले शुक्रबारदेखि राजनीतिक प्रस्तावमाथि आफ्ना धारणा राख्ने  छन्,’ पौडेलले भने । स्थानीय तहको निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने विवादले विप्लव नेतृत्वको नेकपा विभाजित भएको थियो ।