१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १५:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नेपालमा हाइड्रोजन इन्धन उत्पादनका लागि कोरियाली कम्पनीसँग सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १५:३५:oo

नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ। दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट (जिजिजिआई)सँग नेपाल विद्युत् प्राधिकरणले नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादनको काम सुरु गर्ने सम्झौता गरेको हो।

मंगलबार सिंहदरबारमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा जिजिजिआईका महानिर्देशक डा. फ्रांक रिजस्बेर्मन र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सो सम्झौतामा हस्ताक्षर गरेका हुन्। जिजिजिआईले इन्धन उत्पादनका लागि आवश्यक अध्ययन गरी त्यसको कार्यान्वयनका लागि नेपाल सरकारलाई सहजीकरण गरिदिने तथा त्यसका लागि आवश्यक सबै प्राविधिक सहयोग गरिदिने सम्झौतापत्रमा उल्लेख छ।

सम्झौतामा काठमाडौं युनिभर्सिटीलाई पनि संलग्न गराएर नेपालमा हाइड्रोजन फ्युलको उत्पादन कार्यलाई अघि बढाउने उल्लेख गरिएको प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले बताए।

ad
ad