![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/uml-lamjung2022-05-19-08-18-01.jpeg)
नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको गाउँपालिका क्व्होलासोंथर गाउँपालिकामा एमालेको प्यानलै विजयी भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष वडाध्यक्ष र सदस्य सबैमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
गाउँपालिकाको अध्यक्षमा सूर्यप्रसाद गुरुङ निर्वाचित भएका छन् । उनले तीन हजार आठ सय ५६ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकबहादुर गुरुङले दुई हजार चार सय ८९ मत ल्याएका छन् ।
उपाध्यक्षमा नेकपा एमालेकी गमिमाया गुरुङ तीन हजार नौ सय ८९ मत ल्याएर निर्वाचित भएकी छिन् । प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना गुरुङले दुई हजार तीन सय ४० मत ल्याएकी छिन् । एक हजार ६ सय ४९ मतान्तरले गमिमायाले चुनाव जितेकी हुन् ।
क्व्होलासोंथर गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा पेमा गुरुङ, २ मा खुसीमान गुरुङ, ३ मा आशवीर गुरुङ, ४ मा नारायण गुरुङ, ५ मा गीतबहादुर गुरुङ, ६ मा मनलाल गुरुङ, ७ मा लक्ष्मण गुरुङ, ८ मा सन्तोष घले र ९ मा हुमराज गुरुङ निर्वाचित भएका छन् । ०७४ को स्थानीय तहको निर्वाचनमा वडा नम्बर २ र ८ नेपाली कांग्रेसले जितेको थियो । नाैवटा वडा रहेको क्व्होलासोंथर गाउँपालिकामा अहिलेको स्थानीय तह निर्वाचनमा कुनै पनि वडामा अरू दलले जितेका छैनन् ।