१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 29 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १२ बुधबार १४:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जहाज अवतरण गर्न नसकेपछि योजना आयोगको अनुगमन टोली भैरहवाबाटै फिर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार १४:१o:oo

मौसमका कारण जहाज अवतरण गर्न नसकेपछि अनुगमनमा गएको राष्ट्रिय योजना आयोगको टोली भैरहवा  विमानस्थलबाटै फर्किएको छ।

विशेष आर्थिक क्षेत्र (सेज), बुटवल धागो कारखाना, धौवदी फलाम उद्योगलगायतको अनुगमन आयोगको टोली भैरहवा पुगेको थियो । आयोगका सदस्य डा. रामकुमार फुँयाल नेतृत्वको टोली बिहान ७ः५५ बजे बुद्ध एयरको जहाजमार्फत भैरहवा विमानस्थल पुगे पनि अवतरण नै नगरी फर्किएको हो।

आयोगको टोलीसँगै जहाजभित्र पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसमेत थिए।

अनुगमनपछि उक्त टोली शुक्रबार फर्कने योजना भए पनि जहाज अवतरणै नगरी फर्किएपछि आयोगका सदस्य डा. फुँयाल सिंहदरबारस्थित कार्यालयमा हाजिर भएका छन्।

ad
ad
ad
ad