१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २ सोमबार
  • Sunday, 29 September, 2024
सोनी राई सोलुखुम्बु
२o७९ जेठ २ सोमबार ११:१७:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

सोलुखुम्बुको सोताङ पालिका अध्यक्षमा कांग्रेस निर्वाचित

Read Time : < 1 मिनेट
सोनी राई सोलुखुम्बु
नयाँ पत्रिका सोलुखुम्बु
२o७९ जेठ २ सोमबार ११:१७:oo

सोलुखुम्बुको सोताङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार खिलराज बस्नेत निर्वाचित भएका छन् । यसअघि एमालेले जितेको उक्त पालिकामा एमालेका उम्मेदवारलाई एक सय २८ मतले पछि पार्दै कांग्रेस महासमिति सदस्यसमेत रहेका बस्नेत पालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले एक हजार ६ सय ४८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार प्रकाश कार्कीले एक हजार पाँच सय २० मत प्राप्त गरेका छन् । त्रिपक्षीय प्रतिस्पर्धाको आकलन गरिएको उक्त पालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार दीपक खड्का एक हजार तीन सय ५३ मतमा सीमित भएका छन् ।

त्यस्तै, उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार अन्जु नाछिरिङ विजयी भएकी छिन् । उनले एक हजार ६ सय ६९ मत ल्याउँदा एमाले उम्मेदवार मनसरी राईले १ हजार ६ सय ३४ मत पाएकी छिन् । पाँचवटा वडा रहेको सोताङ गाउँपालिकाका ३ वडामा कांग्रेस र २ वडामा एमालेले जित हासिल गरेको छ ।

वडा नम्बर १ मा कांग्रेसका जंगबहादुर गुरुङ, वडा नम्बर २ मा नेकपा एमालेका श्याम राई, वडा नम्बर ३ मा कांग्रेसका गोकर्ण बस्नेत, वडा नम्बर ४ मा कांग्रेसकै दीप राई र वडा नम्बर ५ मा नेकपा एमालेका मानवीर राई वडा अध्यक्षमा निर्वाचित भएका छन् ।