मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १ आइतबार
  • Thursday, 19 December, 2024
कमल खत्री म्याग्दी
२o७९ जेठ १ आइतबार १८:३६:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा मतगणना स्थगित

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o७९ जेठ १ आइतबार १८:३६:oo

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना स्थगित भएको छ। अन्नपूर्ण गाउँपालिका–३ दानाको मतपरिणाम सार्वजनिक भए पनि पुनः मतगणना हुनुपर्ने भन्दै नेपाली कांग्रेसले विरोध जनाएपछि मतगणना स्थगित भएको हो। बदर मत देखाउने नाममा धाँधली भएको भन्दै नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार सुरत केसीले पुनः मतगणना गर्नुपर्ने माग गर्दै निवेदन दिएपछि मतगणना स्थगित भएको हो। 

बिहान भएको मतगणनाअनुसार अन्नपूर्ण गाउँपालिका–३ मा नेकपा एमालेका रमेश पुर्जालाई विजयी घोषणा गरिएको थियो।  पुनः मतगणना गर्नुपर्ने मागसहित निवेदन परेपछि छलफल गरिएको र सहमति नभएपछि मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत जानुका सुवेदीले जानकारी दिए।

उनले उजुरी परेपछि आयोगलाई जानकारी गराइएको र आयोगको आदेश र निर्णयका आधारमा अगाडि बढ्ने बताए। अन्नपूर्णको वडा नम्बर १ दोवा, २ भुरुङ तातोपानीमा नेकपा एमालेका उम्मेदवार विजयी भैसकेका छन।