१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २९ बिहीबार
  • Wednesday, 26 June, 2024
२o७९ बैशाख २९ बिहीबार १४:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

रसुवामा मतदाताले मतदान केन्द्रमा मोबाइल र क्यामेरा लैजान नपाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २९ बिहीबार १४:२५:oo

भोलि हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न जाने मतदाताले मोबाइल तथा क्यामेरा लैजान नपाउने भएका छन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित तरिकाले सम्पन्न गर्न रसुवामा यस्तो व्यवस्था गरिएको हो।

जिल्ला प्रशासन कार्यालय रसुवाले बिहीबार एक सूचना जारी गर्दै भनेको छ, ‘निर्वाचन आचारसंहिता, २०७८ को दफा १८ (क) बमोजिम मतदानस्थल तथा केन्द्रमा कानुनले निषेध गरेका प्रज्ज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामेरा साथमा लिएर जान नहुने व्यवस्था भएकाले समस्त रसुवावासी मतदाता तथा सरोकारवालाहरूले सोबमोजिम गर्नु–गराउनु हुन हार्दिक अनुरोध छ।’

जिल्लामा यसपटक ३४ मतदानस्थल र ५१ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ। जिल्लामा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार आठ सय ८५ महिला गरी ३८ हजार पाँच सय ४५ मतदाता रहेका छन्।

ad
ad
ad
ad