मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २१ बुधबार
  • Thursday, 19 December, 2024
२o७९ बैशाख २१ बुधबार o८:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

 नवलपुरमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, कांग्रेसका उम्मेदवारसहित  ६ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २१ बुधबार o८:५४:oo

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच दोहोरो झडप भएको छ ।जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले गएराति हुप्सेकोटमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको र प्रहरीले राति नै तितरबितर पारेर घटना साम्य पारेको बताए ।

झडपमा परी दुवैतर्फका गरी ६ जना घाइते भएको बताइएको छ । नेपाली कांग्रेस नवलपुरका उपसभापति बालकृष्ण घिमिरेले हुप्सेकोट गाउँपालिका अध्यक्षका उमेदवार लक्ष्मी पाण्डे चढेको भाडाको गाडी ग.३च १६०६ नम्बरको स्कार्पियो र लक्ष्मी पाण्डेमाथि सांघातिक हमला भएको बताए ।

यता नेकपा एमाले हुप्सेकोट गाउँपालिका उम्मेदवार चेतन रानाले भने लक्ष्मी पाण्डेमाथि कुनै आक्रमण नभएको र उनले निर्वाचन बिथोल्नका लागि झुटो प्रचार गरेको बताए । रानाका अनुसार चुनावी प्रचारबाट एक्लै घर फर्कँदै गरेका मनोज गुरुङलाई लक्ष्मी पाण्डेसहित रहेको टोलीले आक्रमण गरेर घाइते बनाएपछि राति दोहोरो झडप भएको हो ।

आक्रमणमा परी कांग्रेसका कार्यकर्ता प्रिन्स मल्ल, जीवन मल्ललगायतका घाइते भएका छन् भने एमालेका मनोज गुरुङ, हरि केसी र चुडाबहादुर शेरपुन्जा मगर घाइते भएका छन् । उनीहरूको मध्यबिन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।