१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २० मंगलबार
  • Sunday, 29 September, 2024
२o७९ बैशाख २० मंगलबार ११:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँच तलामाथिबाट खसेर महिलाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २० मंगलबार ११:१५:oo

आफ्नै घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका– ८ लिवालीमा गएराति पाँच तलामाथिबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए। 

छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमि लगिएकामा उपचारको क्रममा कुसाथाको मृत्यु भएको उनले बताए ।