मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १७ शनिबार
  • Thursday, 19 December, 2024
२o७९ बैशाख १७ शनिबार १९:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महराको दाबी– संविधान बनाउने क्रममा केपी ओलीले राजतन्त्र फाल्न मानेका थिएनन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख १७ शनिबार १९:३७:oo

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले संविधान निर्माण गर्ने क्रममै केपी ओलीले राजतन्त्र शब्द हटाउन अस्वीकार गरेको दाबी गरेका छन् । ‘संविधान निर्माण गर्ने क्रममा राजतन्त्र अन्त्य गरेर गणतन्त्र लेख्नुपर्छ, समावेशी, समानुपातिक, संघीयता उल्लेख गर्नुपर्छ, भन्दा उहाँ (ओली)ले अस्वीकार गर्नुभएको थियो,’ महराले भने ‘गणतन्त्र राख्दा "म यसमा सहमत त छैन, तर साथीहरूले भनेपछि मानिदिनुपर्यो” भनेर निस्किनुभएको थियो ।’ 

गठबन्धनले तुलसीपुरमा आयोजना गरेको प्रशिक्षण तथा उम्मेदवार परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै महराले ओली सत्तामा हुँदा पटकपटक संविधान मास्न खोजेको बताए । ‘उहाँ (ओली) सत्तामा जाँदा दुईपटक संसद् विघटन गर्नुभयो,’ उनले भने, ‘यो हेर्दा संविधान निर्माण गर्ने क्रममा भनेको त्यो कुराको याद आउँछ ।’ 

राष्ट्रियता, संघीयता, लोकतन्त्र, संविधानमाथि खतरा हुन थालेपछि पाँचदलीय गठबन्धन गर्नुपरेको उनको भनाइ छ । महराले पाँचदलीय गठबन्धन नयाँ नभएकोसमेत बताए । परिवर्तनका लागि भएका हरेक आन्दोलनमा वाम–लोकतान्त्रिक गठबन्धन बनेको महराले स्मरण गरे ।

कार्यक्रममा कांग्रेस नेता दीपक गिरीले मुलुकमा तानाशाही प्रवृत्तिको अन्त्यका लागि गठबन्धन आवश्यक रहेको बताए । 
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा तुलसीपुर उपमहानगरपालिकाका मेयरका उम्मेदवार गेहेन्द्र गिरी, उपमेयरका उम्मेदवार जोगबहादुर राणा, एकीकृत समाजवादीका केन्द्रीय सदस्य हिराचन्द्र केसी, जनमोर्चाका नेता भर भण्डारीलगायतले संविधानको रक्षाका लागि गठबन्धन आवश्यक भएकोमा जोड दिएका थिए ।