काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जको तारेभिर क्षेत्रमा भीषण डढेलो लागेको छ। उक्त डढेलो निभाउन नेपाली सेनाले हेलिकोप्टर प्रयोग गरेको छ। ठूलो क्षेत्रफलमा आगलागी भएकोले निभाउन कठिन भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।
उनका अनुसार आगो नियन्त्रणमा लिनको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, अग्नि नियन्त्रक र नेपाली सेनाको टोली खटिएको छ। आगो अप्ठेरो ठाउँमा लागेकाले दमकल प्रयोग गर्न असहज भएपछि हेलिकोप्टर प्रयोग गरिएको हो। अपराह्न ४:५० बजे डढेलो सुरु भएको थियो।