१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १२ सोमबार
  • Friday, 27 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख १२ सोमबार १८:o४:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

पत्रकार महासंघ ललितपुरका कोषाध्यक्षसहित २५ पत्रकारद्वारा उम्मेदवारी दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख १२ सोमबार १८:o४:oo

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका कोषाध्यक्ष राजु बस्नेतले गोदावरी नगरपालिकाको मेयरको लागि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालय गोदावरी पुगेर उनले सोमबार उम्मेदवारी दर्ता गराएका हुन्।

बस्नेत प्रेस युनियनका केन्द्रीय परिषद् र नेपाली कांग्रेस गोदावरी नगर कमिटीका सहसचिव हुन्। गोदावरी नगरापालिकामा निर्वतमान मेयर गजेन्द्र महर्जनले एकलौटी निर्णय गरेपछि आफूले स्वतन्त्र उम्मेदवारको रूपमा उम्मेदवारी दर्ता गरेको उनले बताए।

त्यस्तै, पत्रकार महासंघ ललितपुर शाखाकै सदस्य पुरुषोतम हुमागाईंले पनि महांकाल गाउँपालिकाको उपाध्यक्षमा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन्। उनी एमाले पालिका कमिटीका अध्यक्ष पनि हुन्।

नेपाल पत्रकार महासंघले भने स्थानीय तहको उम्मेदवार बन्नुअगावै पत्रकारले महासंघको पदबाट राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ। महासंघ वा आफू कार्यरत मिडियाबाट अलग्गिएर मात्रै उम्मेदवार बन्न महासंघले श्रमजीवी पत्रकारलाई आग्रह गरेको छ। विनाजानकारी उम्मेदवार बने कारबाही गर्ने चेतावनी पनि महासंघले दिएको छ।

महासंघका महासचिव रोशन पुरीले विनाजानकारी उम्मेदवार बनेमा महासंघको जिम्मेवारीबाट स्वतः हटाइने जानकारी दिए। उनका अनुसार हालसम्म देशभर झन्डै २५ जना पत्रकार स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका छन्। त्यसमध्ये केहीले मात्रै महासंघलाई जानकारी गराएका छन्।