१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ७ बुधबार
  • Saturday, 21 September, 2024
रामकुमार श्रेष्ठ नवलपुर
२o७९ बैशाख ७ बुधबार १७:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पल शाह प्रकरणः नवलपुरमा पनि बालिकाले बयान फेरिन्

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ नवलपुर
नयाँ पत्रिका नवलपुर
२o७९ बैशाख ७ बुधबार १७:५१:oo

पल शाहविरुद्धको बलात्कार मुद्दामा पीडित भनिएकी बालिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरिकी छिन्। ती बालिकाले यसअघि जिल्ला अदालत तनहुँमा पनि बयान फेरिकी थिइन्।  बुधबार अभिनेता पल शाहविरुद्ध परेको उजुरीमा नवलपुर जिल्ला अदालतमा पीडित बालिकाको बकपत्र गरिएको हो।

जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासमा बकपत्र गरिएको थियो। बकपत्रमा उनले पीडक भनिएका पल शाहले कुनै जबर्जस्ती नगरेको बताएको बकपत्र लिँदा बसेका एकजना सहभागीले बताए। नवलपुरमा बालिकाका बुवा, कलाकार दुर्गा थापा, कृष्ण जोशी, सम्राट चौलागाईं, मेडिकल रिपोर्ट तयार पारेका डाक्टरलगायतको बकपत्र लिइनेछ। आज अरुको बकपत्र नसकिएकोले अन्यको बकपत्र भोलि गरिनेछ।