मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २ शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ बैशाख २ शुक्रबार १७:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ललितकला क्षेत्रको कामलाई राज्यले प्रभावकारी बनाउँदै लैजानुपर्छ : उपराष्ट्रपति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ बैशाख २ शुक्रबार १७:१५:oo

उपराष्ट्रपति नन्दबहादुर पुनले ललितकला क्षेत्रको समग्र विकासको कामलाई राज्यले अझै प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन् ।  शुक्रबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय ललितकला प्रदर्शनीको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले ललितकला क्षेत्रको समग्र विकास, त्यसका कलाकारहरूप्रति सम्मान र उनीहरूको भविष्यका लागि राज्यले अझै प्रभावकारी ढंगले काम अघि बढाउनुपर्ने बताएका हुन् । उनले विश्वमा नेपाल र नेपालीको गौरवलाई बचाई राख्न पनि ललितकलाको माध्यमबाट योगदानहरू पुर्‍याउँदै जानुपर्ने आवश्यकता पनि बोध गराए ।

अरनिकोलगायतका ललितकलाका पुञ्जहरूले आफ्नो कलाको माध्यमबाट विश्वसामु नेपाललाई परिचित गराएको स्मरण गराउँदै उपराष्ट्रपति पुनले भविष्यमा पनि नेपालको पहिचानमा ललितकलाको भूमिका महत्वपूर्ण रहिरहने स्पष्ट पारे । उनले ललितकलाले नेपालको अर्थतन्त्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए । 

उपराष्ट्रपति पुनले ललितकला प्रज्ञा प्रतिष्ठानलाई पनि ललितकलाका कलाकारहरूको समस्या र चुनौतीहरूलाई समाधान गर्दै अघि बढ्नका लागि आग्रह  गरे ।