मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २ शुक्रबार
  • Tuesday, 11 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख २ शुक्रबार १६:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनमत पार्टीले राखेको माग सम्बोधन गर्न सरकार सकारात्मक : गृहमन्त्री खाण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख २ शुक्रबार १६:२२:oo

गृहमन्त्री बालकृष्ण खाणले जनमत पार्टीले राखेको माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन्। गृह मन्त्रालयमा शुक्रबार सरकार र सिके राउत नेतृत्वको जनमत पार्टीबीच भएको भेटवार्तामा गृहमन्त्री खाणले पूर्ववर्ती सरकारले गरेको सहमतिबमोजिम कानुनअनुरूप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन पहल गर्ने बताए।

उनले जनमत पार्टीलाई मूलधारको राजनीतिमा आएर निर्वाचन आयोगमा दल दर्ता गर्दै निर्वाचनमा भाग लिने तयारी गर्नु स्वागतयोग्य कुरा भएको बताए। मन्त्री खाणले सबै राजनीतिक दलले आफ्नो दलको चुनाव चिह्न पाउने व्यवस्था गर्न आयोगसँग आग्रह गरेको र सोहीअनुरूप आयोगले निर्णय गरिसकेको जानकारी दिए।


भेटमा सो पार्टीका नेताले आगामी स्थानीय तह निर्वाचन प्रयोजनार्थ निर्वाचन आयोगमा दल दर्ता गराएको जनाउँदै आफूहरूसँग यसअघिको सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न माग गरेका थिए। आफूहरूले गरेको कृषि आन्दोलनमा पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइ एवं किसान आन्दोलनका माग सम्बोधन गर्नसमेत उनीले आग्रह गरे।

भेटमा गृहमन्त्री खाण, गृहसचिव टेकनारायण पाण्डे, महान्यायाधिवक्ता खम्बबहादुर खाती र सहसचिव फणीन्द्रमणि पोखरेल तथा सो पार्टीको तर्फबाट अध्यक्ष राउत, उपाध्यक्षत्रय वसन्त कुशवाह, दीपक साह, नरेन्द्र साह र महासचिव चन्दन सिंहको सहभागिता रहेको थियो। रासस