१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २६ शनिबार
  • Sunday, 23 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ चैत २६ शनिबार १७:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम छिट्टै सुरु हुन्छ : अध्यक्ष प्रचण्ड 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ चैत २६ शनिबार १७:४o:oo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’ले खेल क्षेत्रको विकासमार्फत स्वस्थ र सभ्य समाज निर्माण गर्न प्रेरित गर्नुपर्ने धारणा राखेका छन् । प्रज्ञा स्मृति प्रतिष्ठानद्वारा चितवनको भरतपुरमा आयोजित ‘साइक्लिङ म्याराथुन, २०७८’ को समापन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले खेल क्षेत्रलाई सबैले प्रेरित गर्नुपर्ने धारणा राखेका हुन् । उनले चितवन सबै दृष्टिकोणले खेल क्षेत्रको केन्द्र बन्दै गइरहेको बताए । 

अध्यक्ष प्रचण्डले निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको बाँकी काम पूरा गर्ने गरी सहमति कायम भई प्रक्रिया अगाडि बढिरहेको बताए । उनले भने, ‘छिट्टै निर्माणकार्य सुरु हुनेछ ।’ साइकल परापूर्वकालदेखि मानव जीवनको अभिन्न अंगका रूपमा रहेको भन्दै उनले पछिल्ला दिनमा साइक्लिङ खेलको रूपमा समेत विकास भएको बताए। पुरस्कार वितरण कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरराज गहतराजले प्रज्ञा स्मृति प्रतिष्ठानले सुन्दरनगरी भरतपुरमा साइक्लिङ म्याराथुन गरेर अनुकरणीय काम गरेको बताए । उनले साइक्लिङ खेललाई प्रवर्धन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए ।  स्वस्थ र सभ्य नागरिक उत्पादन गर्न खेल क्षेत्रमा सम्पूर्ण नागरिकलाई केन्द्रित गर्नुपर्ने उल्लेख गर्दै मन्त्री गहतराजले खेलका माध्यमबाट पर्यटन प्रवर्धन र आर्थिक वृद्धि गर्न सकिने धारणा राखे । 

कार्यक्रममा तीन घण्टा २३ मिनेटमा ६५ किलोमिटर पूरा गरी मेरिना राना मगर प्रथम भइन् भने सुधा तिमिल्सिनाले ४ घण्टा १२ मिनेट १३ सेकेन्डमा ६५ किमि पार गरी दोस्रो स्थान हासिल गरिन्। त्यस्तै पुरूषतर्फ दुई घण्टा १२ मिनेट १९ सेकेन्डमा ६५ किमि पूरा गरी सन्दीप श्रेष्ठ प्रथम र त्रिभुवन आर्मी क्लबबाट दीपेश चौधरी दोस्रो भए ।

म्याराथुनमा मास्टर सेरोमेनीमा विजयीहरूलाई पुरस्कृत गरिएको थियो । म्याराथुनमा उत्कृष्ट साइकल राइडर  सुरज राना मगर एक घण्टा ५६ मिनेटमा ६५ किमि दुरी पूरा गरी सर्वोत्कृष्ट बने। कार्यक्रममा विभिन्न विधाका ४१ जना विजयी खेलाडीलाई नगद पुरस्कार तथा मेडल प्रदान गरिएको थियो । चितवनसहित ११ जिल्लाका खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए । रासस

ad
ad
ad
ad