१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २४ बिहीबार
  • Wednesday, 03 July, 2024
२o७८ चैत २४ बिहीबार १८:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

स्यालको मोर्चा कसेर हात्तीको सिकार हुँदैन : अध्यक्ष ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत २४ बिहीबार १८:५८:oo

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्यालको मोर्चा कसेर हात्तीको सिकार गर्न नसकिने बताएका छन्। बर्दियाको गुलरियामा नेपाल भूमिहीन सुकुमबासी संगठनको प्रथम केन्द्रीय अधिवेशनको उद्घाटन गर्दै सो कुरा बताएका हुन्। 

उनले गठबन्धन दलरूप्रति लक्षित गर्दै उनले स्यालको मोर्चा कसेर हात्तीको सिकार गर्न नसकिने बताएका हुन्। उनले साना दलहरू मिलेर एमालेसँग भिड्न असम्भव रहेको बताए। 

अध्यक्ष ओलीले आफू सरकारमा रहेका वेला मुक्त कमैया भूमिहीन सुकुमबासीहरूको समस्या समाधान गर्नका लागि भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको बताउँदै भूमिहीनलाई भूमिको मालिक बनाउन थालेकै वेला परमादेशका कारण सरकार छोड्नुपरेको बताए।

नेपाली कांग्रेसले २०४८ सालमा बहुमत ल्याएपछि सुकुमबासीहरूको छाप्रामा आगो लगाएको बताए। त्यतिवेला नेपाली कांग्रेसले भूमिहीन मान्दैनौ, सुकुम्बासी छैन भनेको बताए।

११ लाख सुकुमबासी भूमिहीनहरूलाई जग्गा दिने गरी तयारी गरेको वेला सरकारले आयोग विघठन गरेको उनले आरोप लगाए। अब नेकपा एमालेको सरकार बनेमा पाँच वर्षभित्र भूमिहीन सुकुमबासीको समस्या पूरै समाधान गरिने बताए। 

नेकपा एमाले सरकारमा रहँदा घर नभएकाहरूलाई जनता आवासका नाममा हजारौं घर निर्माण, हुलाकी राजमार्ग र पूर्व -पश्चिम राजमार्ग निर्माण, राष्ट्रिय गौरवका आयोजना, प्रत्येक पालिका जोड्ने सडक, अस्पताल निर्माणका लागि बजेट पर्याप्त पुगेको बताउँदै  उनले भने –‘अहिले त्यो बजेट कहाँ गएको छ? बजेट पुग्दैन पैसा छैन भन्छन्।’

    
 

ad
ad
ad
ad