१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २४ बिहीबार
  • Saturday, 28 September, 2024
२o७८ चैत २४ बिहीबार १८:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुर्खेतमा चुनावी गठबन्धन गर्ने पाँच दलको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत २४ बिहीबार १८:३१:oo

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सुर्खेतका पाँच दलले गठबन्धन गर्ने निर्णय गरेका छन् । बिहीबार बसेको पाँच दलको बैठकले चुनावी गठबन्धन गर्ने निर्णय गरेको हो । 

कांग्रेसका सभापति खड्गबहादुर पोखरेलको अध्यक्षतामा बसेको बैठकले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जसपाले गठबन्धन गर्ने निर्णय गरेका हुन् । 

सुर्खेतका ९ वटै पालिका, कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिमा समेत तालमेल गरेर जाने निर्णय पाँच दलले गरेको माओवादी केन्द्रका सुर्खेत जिल्ला इन्चार्ज झकबहादुर मल्लले जानकारी दिए ।

‘चुनावका लागि जिल्लामा गठित पाँचदलीय गठबन्धनमा १० जना रहेको संयन्त्र गठन गर्ने निर्णय गरिएको छ,’ उनले भने, ‘पालिकाहरूमा स्थानीय संयन्त्रको नियमित बैठक गर्ने पनि निर्णय भएको छ ।’