१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १९:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

काष्ठमण्डप पुनर्निर्माण : राष्ट्रपतिबाट उद्घाटन, सर्वोच्चमा अवहेलना मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १९:o८:oo

सर्वोच्च अदालतको आदेशविपरीत काष्ठमण्डपको उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले काष्ठमण्डप उद्घाटन गरेकी हुन् । 
सर्वोच्च अदालतले हनुमानढोका दरबार क्षेत्रभित्र थन्क्याइएको गोरखनाथ र गणेशको मूर्ति काष्ठमण्डपमै फर्काउन दिएको अन्तरिम आदेश पालना नगरी उद्घाटन भएपछि सर्वोच्च अदालतमा अवहेलना मुद्दा परेको छ । 

गत ३ माघमा अधिवक्ता तथा सम्पदा अभियन्ता सञ्जय अधिकारीलगायतले दायर गरेको मुद्दामा अदालतले हनुमानढोका दरबार क्षेत्रभित्र थन्क्याइएको गोरखनाथ र गणेशको मूर्ति काष्ठमण्डपमै फर्काउन अन्तरिम आदेश दिएको थियो । तर, काष्ठमण्डप  पुनर्निर्माण समितिले मूर्ति फर्काउन कुनै पहल गरेको छैन । यसविरुद्ध अधिवक्ता अधिकारीले अदालतको आदेश पालना नगरेको भन्दै अवहेलनामा कारबाहीका लागि सर्वोच्चमा रिट दर्ता गराएका छन्।

सोमबार  दायर गरिएको रिटमा काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष, पुरातत्व विभागमा महानिर्देशक, काठमाडौं महानगरपालिकाका प्रमुखलगायतलाई कारबाहीको माग गरिएको छ । ०७५ कात्तिकदेखि काष्ठमण्डप पुनर्निर्माणको काम अगाडि बढेको थियो । तीन वर्षभित्र पुनर्निर्माण सक्ने गरी काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा पुनर्निर्माण सम्पन्न भएको हो । पुनर्निर्माण सम्पन्न भएर काष्ठमण्डप हस्तान्तरणको चरणमा पुग्दा मूर्ति पुनःस्थापनासम्बन्धी विवाद आएको हो ।

ad
ad