मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत २१ सोमबार १४:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्वोच्चको आदेशविपरीत हुन लागेको काष्ठमण्डपको उद्घाटन रोक्न वडा कार्यालयको पत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत २१ सोमबार १४:१५:००

सर्वोच्च अदालतको आदेशविपरीत राष्ट्रपतिबाट हुन लागेको काष्ठमण्डपको उद्घाटन रोक्न वडा कार्यालयले अनुरोध गरेको छ। काठमाडौं महानगरपालिका– २० ले पत्र लेखेर सर्वोच्चको आदेश  कार्यान्वयन गर्न अनुरोध गरेको हो।

वडाध्यक्ष राजेन्द्र मानन्धरले काष्ठमण्डप पुनर्निर्माण समितिलाई पत्र लेखेर यस्तो अनुरोध गरेका हुन्। पत्रको बोधार्थ राष्ट्रपति कार्यालय, महानगरलगायतलाई पठाइएको छ।

गत ३ माघमा अधिवक्ता तथा सम्पदा अभियन्ता सञ्जय अधिकारीलगायतले हालेको रिटमा अदालतले हनुमानढोका दरबार क्षेत्रभित्र थन्क्याइएको गोरखनाथ र गणेशको मूर्ति काष्ठमण्डपमै फर्काउन अन्तरिम आदेश दिएको थियो। तर, सर्वोच्चले मूर्ति फर्काउन अन्तरिम आदेश दिए पनि काष्ठमण्डप समितिले अहिलेसम्म मूर्ति फर्काएको छैन। 
 
०७५ कात्तिकदेखि पुनर्निर्माणको काम अगाडि बढेको थियो । तीन वर्षभित्र पुनर्निर्माण सक्ने गरी काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा पुनर्निर्माण सम्पन्न भएको हो। पुनर्निर्माण सम्पन्न भएर काष्ठमण्डप हस्तान्तरणको चरणमा पुग्दा मूर्ति पुनर्स्थापनासम्बन्धी विवाद आएको हो । माघ महिनामै पुनर्निर्माणको काम सकिए पनि समितिले महानगरलाई काष्ठमण्डप हस्तान्तरण गर्न सकेको छैन।