१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २० आइतबार
  • Saturday, 28 September, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o७८ चैत २० आइतबार १७:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भ्यू टावरमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्छ : शेखर कोइराला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ चैत २० आइतबार १७:४१:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपालमा विकासका नाममा अनावश्यक खर्च गरिएको बताएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित सिमलटार खानेपानी आयोजनाको आइतबार उद्घाटन गर्दै डा. कोइरालाले देशका विभिन्न ठाउँमा दृश्यावलोकन स्तम्भ (भ्यू टावर) बनाउने नाममा अनावश्यक खर्च गरिएको भन्दै त्यसमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्ने बताएका हुन् । 

‘विकासका लागि पैसा छैन भन्छौँ, भ्यू टावरमा अनावश्यक खर्च गरिरहेका छौँ । मधेसमा जानुभयो सडक सडकमा गेट बनाइराखेका छन्,’ नेता कोइरालाले भने, ‘यस्तो काम रोकिनुपर्छ ।’ कांग्रेसका नेता तथा कार्यकर्ताले घोषणापत्र बनाउँदा भ्यू टावर बनाउँदैनौँ भनेर प्रतिज्ञा गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘चुनाव आउँदै छ, भ्यू टावर बनाउँदा लाग्ने खर्च अस्पताल र विद्यालयमा लगानी गर्छौँ भनेर प्रतिबद्धता गर्नुस् । त्यसो गरेको खण्डमा नेपाली कांग्रेसका लागि फाइदा हुन्छ ।’

डा. कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भएको भन्दै कसरी गठबन्धन गर्ने भन्ने विषय प्रस्ट नभएको धारणा राखे । ‘गठबन्धन कसरी गर्ने भन्ने कुरा स्थानीय तहमा बसेर मिलाउनुस्,’ उनले भने । रासस