मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत २० आइतबार १४:०९:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पाकिस्तानका प्रधानमन्त्री इमरान खानद्वारा संसद् विघटनको सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत २० आइतबार १४:०९:००

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् भंग गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। पाकिस्तानका सभामुखले खानविरुद्धको अविश्वास प्रस्ताव खारेज गरेपछि उनले संसद् भंग गर्दै नयाँ निर्वाचनका लागि जुट्न आह्वान गरेका छन्।
उनले देशवासीका नाममा सम्बाेधन गर्दै निर्वाचनमा जुट्न नागरिकलाई आग्रह गरे।

‘नागरिकहरूलाई म निर्वाचनको तयारी गर्न अनुरोध गर्छु। अरू कसैलाई देशको भविष्यको फैसला गर्ने अधिकार छैन। यहाँका नागरिकले नै यसको तय गर्नेछन्,’ उनले सम्बोधनका क्रममा भने। पाकिस्तानको संसदका सभामुखले खानविरुद्धको अविश्वासको प्रस्ताव खारेज गरेका थिए। ‘आज सभामुखले आफ्नो संवैधानिक शक्तिको प्रयोग गर्दै फैसला गर्नुभएको छ,’ खानले भने, ‘त्यसपछि मैले राष्ट्रपतिसमक्ष संसद् भंग गरेर नयाँ निर्वाचनमा जान सिफारिस गरेको छु।’

पाकिस्तानमा दुई सदनात्मक व्यवस्था छ। यसअघि उपसभामुख कासिम सुरीले अविश्वास प्रस्ताव असंवैधानिक र संविधानको अनुच्छेद ५ को उल्लंघन भएको भन्दै खारेज गरेको बताएका थिए। 

उनीविरुद्ध विपक्षीहरूले अविश्वासको प्रस्ताव आएपछि खानको सरकार संकटमा परेको थियो। अविश्वासको प्रस्तावको सामना गर्ने बताउँदै आएका उनले संसदमा मतदान हुनुअगावै संसद् विघटनको सिफारिस गरेका हुन्।