मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत १६ बुधबार २०:०२:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आगामी बजेटमा सुझाब दिन सार्वजनिक आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत १६ बुधबार २०:०२:००

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी काम गरिरहेको छ। बजेट तथा कार्यक्रमलाई बढी जनमुखी र प्रतिफलमुखी बनाएर जनअपेक्षा सम्बोधन गर्न मन्त्रालयले सरोकारवालासँग छलफलसमेत गरेको छ । 

बजेट तथा कार्यक्रमका लागि लिखित तथा मौखिक (टेलिफोन) रूपमा सुझाब दिन मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखाले सार्वजनिक आह्वान गरेको छ ।

महाशाखाले चैत मसान्तभित्र मन्त्रालयको वेबसाइटमा रहेको बजेट सजेसन ट्याब, इमेल [email protected], टोल फ्री नं. ११३८ मा कार्यालय समयमा सुझाब उपलब्ध गराउन आह्वान गरेको छ ।