१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २० बिहीबार १४:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमटियूले निर्माण गर्‍याे नयाँ पाठ्यक्रम, ०७९ जेठदेखि शैक्षिक सत्र सुरु गर्ने तयारी 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:१o:oo

मनमोहन प्राविधिक विश्वविद्यालय (एमटियू)ले स्नातकोत्तर तहको नयाँ पाठ्यक्रम निर्माण गरेको छ । नेपालको स्वास्थ्य क्षेत्रको व्यवस्थापन र प्रविधिको पहुँच अझै आधारभूत तहभन्दा माथि जान नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै एमटियूले आगामी शैक्षिक सत्रदेखि कक्षा सञ्चालन गर्ने गरी देशमै पहिलोपटक दुईवर्षे स्नातकोत्तर तहको नयाँ पाठ्यक्रम निर्माण गरेको हो । 

नेपालको स्वास्थ्य सेवा क्षेत्रमा अझै नीति, प्रविधि र व्यवस्थापनमा अर्धदक्ष जनशक्त्ति प्रयोग गर्नुपर्ने बाध्यता भएको एमटियूका उपकुलपति डा. सुभाषश्री पोखरेलको भनाइ छ । शिक्षित दक्ष जनशक्तिको अभावमा निजी तथा सरकारी क्षेत्रको स्वास्थ्य सेवा जिम्मेवार र गुणस्तरीय हुन नसकेको उनले बताए । ‘अझै नीति र योजना निर्माण तथा प्रविधिको प्रयोगमा विदेशीहरूको भर पर्नुपर्ने बाध्यता छ  । आफैँले सही सूचना संकलन गरेर विश्लेषण गर्न नसक्दा महत्वपूर्ण सूचनाहरू बाहिर गइरहेका छन् । समयमा सही सूचना दिने र भरपर्दो तथ्यांक राख्ने प्रणालीको प्रयोग भइरहेको छैन,’ उपकुलपति पोखरेलले भने, ‘त्यसैले तमाम समस्याहरू समाधान गर्न अनुभवी  विज्ञहरूको टोलीलाई सहभागी गराएर एमटियूले देशमै पहिलोपटक दुईवर्षे मास्टर्स तहको नयाँ पाठ्यक्रम निर्माण गराउनुपरेको हो ।’

उपकुलपति पोखरेलका अनुसार स्वास्थ्य सेवा क्षेत्रलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन भएपछि देशको स्वास्थ्य सेवाको क्षेत्रमा नवीनतम प्रविधिको अधिकतम प्रयोग बढेर जाने र सही सूचना, तथ्यांक विश्लेषणको आधारमा उचित योजना निर्माण हुनेछन् । नयाँ पाठ्यक्रमले देशको निजी तथा सरकारी स्वास्थ्य सेवा क्षेत्रको गुणस्तरमा आमुल परिवर्तन गराउन सहयोग पुग्ने एमटियूको अपेक्षा छ । एमटियूले ०७९ जेठदेखि नयाँ पाठ्यक्रमअनुसार शैक्षिक सत्र सुरु गर्ने बताएको छ । 

‘पाठ्यक्रमले आत्मनिर्भर जनशक्ति निर्माण गर्छ’
स्वास्थ्य सेवा क्षेत्रका विभिन्न विभागहरूमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने गरी आफैँ गरिखाने क्षमतासहितको जनशक्ति उत्पादन गराउन मनमोहनले निर्माण गरेको नयाँ पाठ्यक्रम निकै प्रभावकारी हुने प्रोफेसर डा. सञ्जीव उप्रेतीले बताए । प्रोफेसर उप्रेतीले आफैँ गरिखान सक्ने जनशक्ति उत्पादन गर्ने गरी मनमोहनले निर्माण गरेको पाठ्यक्रम नेपालका लागि मात्र नभएर अमेरिकालगायतका देशका लागि पनि नयाँ र प्रभावकारी हुने बताए । उनले भने, ‘यो कोर्स पढ्ने विद्यार्थीले स्वास्थ्य सेवा क्षेत्रको नीति निर्माण, व्यवस्थापन र प्रविधि प्रयोगका लागि विश्वमा कतै पनि पछि पर्नुपर्ने छैन । यो पाठ्यक्रम नयाँ भए पनि एकदमै सफल हुनेछ ।’ 

पाठ्यक्रम निर्माणमा सहभागी प्रोफेसर डा. सुजनबहादुर मरहठ्ठाले स्नातकोत्तर तहका लागि निर्माण भएको नयाँ पाठयक्रमले स्वास्थ्य सेवा क्षेत्रमा योजना निर्माण गर्ने, सूचना संकलन गरेर अध्यन विश्लेषण गर्ने, उच्चतम प्रविधिको प्रयोग गरेर सुरक्षा प्रदान गर्नेदेखि व्यवस्थापनमा गुणस्तरीय नेतृत्व प्रदान गर्ने क्षमता अभिवृद्धि गराउने बताए । स्वास्थ्य विज्ञ डा. मेघराज ढकालले मनमोहनले स्वास्थ्य सेवा क्षेत्रका लागि मास्टर्स तहमा पढाउन तयार गरेको नयाँ पाठयक्रमले अर्काको प्रविधिमा भर परेर नीति निर्माण गर्नुपर्ने स्वास्थ्य क्षेत्रको  बाध्यताको अन्त्य गराउने बताए । नयाँ पाठयक्रमलाई नेपाल सरकारले पनि ग्रहण गर्नुपर्ने उनको भनाइ छ । 

एमबिबिएस उत्तीर्णहरूले पनि पढ्न पाउने 
पाठ्यक्रम निर्माण टोलीका संयोजक प्राडा दीपेन्द्र श्रेष्ठका अनुसार स्वास्थ्य सेवा क्षेत्रका अनुभवी विज्ञहरूको टोलीले महिनौँ लगाएर देशमै पहिलोपटक मास्टर्स तहको नयाँ पाठ्यक्रम निर्माण गर्न सफल भएको बताए । प्राडा श्रेष्ठका अनुसार नयाँ पाठ्यक्रम नेपाल मेडिकल काउन्सिलमा पेस भइसकेको छ । उनका अनुसार  एमबिबिएस, आइटी वा अन्य सम्बन्धित विषयमा स्नातक उत्तीर्ण विद्यार्थीहरूले देशमै पहिलोपटक निर्माण भएको स्वास्थ्य सेवा क्षेत्रको यो नयाँ पाठक्रयमअनुसारको स्नातकोत्तर तह अध्ययन गर्न पाउनेछन् ।    
 

ad
ad