मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १३ आइतबार
  • Thursday, 19 December, 2024
फाइल फाेटाे ।
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धन गरेपछि लेनदेन हुन्छ, सधैँ एउटै उदाहरण दिएर हुँदैन : प्रवक्ता महत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत १३ आइतबार १४:२४:oo

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आवश्यकताका सिद्धान्तका आधारका गठबन्धन हुने बताएका छन्। पार्टी कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता महतले गठबन्धनबारे सधैँ एउटै उदाहरण दिएर नहुने उल्लेख गर्दै कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न आग्रह गरे।

केन्द्रीय समिति बैठकमा चितवन कांग्रेसका पूर्वसभापति टेकप्रसाद गुरुङले चितवनमा गठबन्धन हुँदा कांग्रेसले सधैँ गुमाउनुपरेको धारणा राखेका थिए। सो विषयमा प्रवक्ता महतले भने, ‘गठबन्धन गरेपछि त लेनदेन हुन्छ नै। सधैँ एउटै उदाहरण दिएर मात्रै हुँदैन, कसरी अगाडि बढ्नुपर्छ भन्ने विषयमा सोच्नुपर्छ।’

महतले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा भएका सहमति कार्यान्वयन हुनेसमेत बताएका छन्। अमेरिकी सहयोग परियोजना एमसिसी भर्खरै पास भएको सन्दर्भमा भएको चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई शंकाका दृष्टिकोणले हेर्न नहुने पनि उनले स्पष्ट पारे।

‘सहमति भएको छ। यो कार्यान्वयन हुनेछ। विकास सहयोग र अन्य सहयोगका विषयमा हामीले छलफल गरेका छौँ । अन्य दलका नेताहरूसँगको छलफलबारे हाम्रो टिप्पणी छैन,’ महतले भने, ‘एमसिसी भर्खर पास भएको छ। उहाँको भ्रमणलाई शंकाको दृष्टिकोणले हेर्न हुँदैन।’