मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १३ आइतबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत १३ आइतबार १३:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चितवनमा कांग्रेस कमजोर होइन, केन्द्रबाट कमजोर बनाइयो : केन्द्रीय सदस्य गुरुङ (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत १३ आइतबार १३:४४:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा चितवनका पूर्वसभापति टेकप्रसाद गुरुङले चितवन कांग्रेसलाई केन्द्रबाटै कमजोर बनाइएको बताएका छन्। पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गुरुङले यस्तो बताएका हुन्।

आफू सभापति हुँदा चितवनका चारै क्षेत्रमा कांग्रेसलाई जिताएको उल्लेख गर्दै उनले चितवनका मतदाताको सुझाव ग्रहण गर्न आग्रह गरे। चितवन कांग्रेसको उर्वरभूमि भएको भन्दै उनले सधैँ अरूलाई सुम्पँदा पार्टी कमजोर भएको बताए।

दुईपटकसम्म गठबन्धनमा जाँदा चितवनमा कांग्रेस कार्यकर्ताले १० वर्ष पार्टीमा भोट हाल्न नपाएका भन्दै उनले यसले पार्टी छिन्नभिन्न हुने अवस्थामा पुगेको बताए। ‘कांग्रेस जिताउन १० वर्षसम्म भोट हाल्न नपाउँदा कांग्रेस छिन्नभिन्न हुने भो। त्यसकारण चितवन महानगरपालिकामा कांग्रेसलाई दिनुपर्छ भन्ने मेरो भनाइ हो। किनकि कांग्रेस चितवनमा ६० हजार मत हुँदा पनि गएको निर्वाचनमा रेनु दाहाललाई हामीले समर्थन गर्नुपर्‍याे। ६० हजार मतदाता भएको ठाउँमा पनि मतपत्र च्यातेर जिताउनुपर्ने घटना तपाईंहरूलाई थाहा छँँदै छ,’ उनले भने।

आफूहरू गठबन्धनको विरोधी नभएको उल्लेख गर्दै गुरुङले भने, ‘हामीले हिजो माओवादीलाई सहयोग गर्‍याैँ। अब माओवादीले हामीलाई सहयोग गर्नुपर्छ भन्ने हाम्रो धारणा हो।’ आगामी चुनावमा पनि चितवनमा माओवादीलाई टिकट दिँदा स्थानीय कार्यकर्ताले रेनु दाहाललाई भोट नहाल्ने उनले बताए। यस्तो अवस्थामा गठबन्धनको कुनै औचित्य नहुनेसमेत केन्द्रीय सदस्य गुरुङले प्रस्ट पारेका छन्।