नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनयुद्धका घाइते पूर्वजनमुक्ति सेना भक्त रानामगरलाई भेट्न वीर अस्पताल पुगेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि रानामगर उपचारका लागि वीर अस्पताल भर्ना भएका हुन् ।
अध्यक्ष प्रचण्डले उनको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूसँग परामर्श गर्नुका साथै आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । रानामगर काभ्रेको महाभारत गाउँपालिका निवासी हुन् ।
मकवानपुरको झुरझुरेमा घाइते भएका रानामगर शान्ति प्रक्रियापछि वाइसिएलको जिम्मेवारीमा रही काम गर्दै आएका थिए । टाउकोमा लागेको चोट बल्झिएपछि उनको खुट्टामा इन्फेक्सन देखिएको र त्यसको कारण दुवै खुट्टा अप्रेसन गरेर फाल्नुपरेको अस्पतालले जनाएको छ।
रानामगरको सात वर्षको बच्चाको पढाइ र श्रीमतीकाे रोजगारीका लागि पहल गर्ने प्रचण्डले आश्वासन दिएका छन्।