पछिल्लो २४ घन्टामा नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६ हजार एक सय ७५ नमुना परीक्षण गर्दा ८२ जनामा संक्रमण पुष्टि भएको हो ।
पिसिआर विधिबाट चार हजार सात सय ९० र एन्टिजेन विधिबाट एक हजार तीन सय ८५ नमुना परीक्षण गर्दा पिसिआर र एन्टिजेन विधिबाट क्रमशः ४१ र ४१ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस अवधिमा दुई सय १३ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या शून्य छ। हाल नेपालमा चार हजार पाँच सय ७४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।