गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटघाट गरेकी छिन् । शुक्रबार गृह मन्त्रालयमा भएको भेटघाटमा दुई देशबीचको आपसी सम्बन्ध अझै सुदृढ गर्ने विषयमा छलफल भएको थियो ।
गृहमन्त्रीको सचिवालयका अनुसार भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणबारे कुराकानी भएको थियो । तर उनको नेपाल भ्रमणबारे औपचारिक घोषणा भएको छैन ।