१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २७ शुक्रबार
  • Sunday, 23 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ फाल्गुण २७ शुक्रबार २१:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मूल्यवृद्धि नियन्त्रणमा प्रतिबद्ध छौँ  : मन्त्री भुसाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण २७ शुक्रबार २१:३५:oo

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । गोदावरी नगरपालिकाको छैटौँ स्थापना दिवस एवं नवनिर्मित प्रशासनिक भवन उद्घाटनका क्रममा शुक्रबार आयोजित कार्यक्रममा उनले महँगीले दैनिक भान्छा चलाउन कठिनाइ भएको प्रसंग उल्लेख गर्दै यसको नियन्त्रण आवश्यक रहेको बताइन् ।

सो नगरपालिकाले गएको पाँच वर्ष राम्रोसँग काम गरेको उनको भनाइ  थियो । सांसद नवराज सिलवालले सो क्षेत्र विकास निर्माणका हिसाबले काठमाडौं उपत्यकाको कर्णालीका रूपमा रहेको बताउँदै सरकारले उक्त ठाउँका लागि केही लगानी बढाउनुपर्ने बताइन् । 

नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले भौगोलिक रूपमा सो नगरपालिका उपत्यकाको ठूलो रहेको जानकारी गराए । सो क्षेत्र भित्रिने सातदोबाटो–चापागाउँका साथै सातदोबाटो–हरिसिद्धिको सडकसमेत २२ मिटर विस्तारका लागि सम्बन्धित व्यक्तिलाई यथाशीघ्र मुआब्जा उपलब्ध गराइदिन सरकार प्रमुखसँग आग्रह गरे । 

उपप्रमुख मुना अधिकारीले अब आफूहरूले एकै भवनबाट सबै सेवा दिन सफल भएकोमा खुसी व्यक्त गरिन् । उक्त कार्यक्रममा १४ वडाध्यक्षलगायत कार्यपालिका सदस्य र कर्मचारीलाई सम्मान गरिएको थियो ।  साततले अत्याधुनिक साथै मौलिक तथा कलात्मक ढंगले निर्माण सम्पन्न भएको सो भवन बज्रवाराही माविले उपलब्ध गराएको जमिनमा बनेको छ । भवन निर्माणका लागि हालसम्म लगभग रु २५ करोड रकम खर्च भइसकेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले बताए ।  

ad
ad
ad
ad