१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ९ आइतबार
  • Saturday, 28 September, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ असार ९ आइतबार o८:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभाको चैनपुरमा टिपरको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ असार ९ आइतबार o८:१६:oo

संखुवासभाको चैनपुरमा टिपरको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु भएको छ । चैनपुर नगरपालिका– ८ बानेश्वरस्थित भ्यु होटेलनजिक कोशी राजमार्गमा टिपरको ठक्करबाट मोटरसाइकलचालक स्थानीय चैनपुर– ७ का ४९ वर्षीय पदम श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए । 

उनका अनुसार शनिबार साँझ करिब साढे ६ बजेको समयमा चैनपुरबाट खराङतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८२४९ नम्बरको टिपरले सोही दिशाबाट जाँदै गरेको को.१५प ९८३१ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलचालक श्रेष्ठ गम्भीर घाइते भएका थिए । घाइते श्रेष्ठलाई तत्कालै चैनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्र ल्याई चेकजाँच गर्दा चिकित्सकले साँझ ७ बजे मृत घोषणा गरेको डिएसपी श्रेष्ठले बताए । 

मृतक श्रेष्ठ चैनपुर नगरपालिकाको कर्मचारी रहेको खुलेको छ । मृतक श्रेष्ठको शव प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा नै राखिएको छ । इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले टिपरचालक चैनपुर– १० खराङ बस्ने ३३ वर्षीय कमानसिंह तामाङलाई नियन्त्रणमा लिएको छ । घटनास्थल चैनपुरबाट करिब चार किलोमिटरको दूरीमा पर्दछ ।