१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ८ शनिबार
  • Saturday, 28 September, 2024
२o८१ असार ८ शनिबार o८:११:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइसिसी टी–२० विश्वकप : दक्षिण अफ्रिकाको रोमाञ्चक जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ८ शनिबार o८:११:oo

दक्षिण अफ्रिकाले साबिक विजेता इंग्ल्यान्डविरुद्ध आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सुपर एटमा रोमाञ्चक सात रनको जित निकालेको छ । सुपर एटको समूह ‘२’ मा शुक्रबार दक्षिण अफ्रिकाले पहिलो ब्याटिङ गरी २० ओभरमा ६ विकेट गुमाएर एक सय ६३ रनको योगफल बनाएको थियो । प्रत्युत्तरमा इंग्ल्यान्डले २० ओभरमा ६ विकेटको नोक्सानीमा एक सय ५६ रन जोडेको थियो । इंग्ल्यान्डलाई अन्तिम ओभरमा १४ रन आवश्यक थियो । इंग्ल्यान्डले यस ओभरमा ६ रन मात्र बनाउँदा दक्षिण अफ्रिकाले सात रनको जित निकाल्यो । 

इनिङ्सको १७ ओभरसम्म इंग्ल्यान्डले खेल पकडमा राखेको थियो । इंग्ल्यान्डका लागि ह्यारी बुकले ३७ बलमा सात चौकाको सहयोगमा सर्वाधिक ५३ रनको योगदान दिए । लक्ष्य पछ्याउँदा इंग्ल्यान्डको सुरुवात राम्रो भएन । इंग्ल्यान्डले १०.२ ओभरमा चार विकेट गुमाउँदा स्कोर बोर्डमा ६१ रन जोडेको थियो । दक्षिण अफ्रिकाले खेल पकडमा राखेको थियो । तर, ह्यारी बुक र लिआम लिभिन्टोनबीच पाँचौँ विकेटका लागि ४२ बलमा ७८ रनको आक्रामक साझेदारीका कारण इंग्ल्यान्डले जितको आधार बनाएको थियो । 

लिआमलाई रावडाले क्याच आउट गराए । लिआमले १७ बलमा तीन चौका र दुई छक्का प्रहार गरी ३३ रनको योगदान दिए । यसअघि ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि ओपनर क्विन्टन डी कोकले सर्वाधिक ६५ रनको योगदान दिएका थिए । उनले ३८ बलमा समान चार चौका र छक्का प्रहार गरे । मध्यक्रममा डेभिड मिलरले २८ बलमा चार चौका र दुई छक्काको सहयोगमा ४३ रन जोडे ।

दक्षिण अफ्रिकाको सुरुवात उत्कृष्ट भएको थियो । रिज हेन्ड्रिक्स र डी कोकबीच ९.५ ओभरमा ८६ रनको साझेदारी भएको थियो । मिलर र डी कोकबीच ४२ रनको साझेदारी भएको थियो ।  यसअघि शुक्रबार बिहान अस्ट्रेलियाले बंगलादेशलाई डिएलएसअनुसार २८ रनले हराएको थियो ।