१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ९ आइतबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ९ आइतबार o७:२७:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पिस प्वाइन्ट च्याम्पियन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ९ आइतबार o७:२७:oo

पिस प्वाइन्ट स्कुलको ‘बी’ टिमले काठमाडौं जिल्लाव्यापी अन्तरस्कुल फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार काठमाडौं जिल्ला फुटबल संघको आयोजना भएको फाइनल खेलमा पिस प्वाइन्टले सांग्रिला पब्लिक स्कुललाई ४–० ले हरायो । सानो गौचरण मैदानमा पिस प्वाइन्टलाई जिताउन सौरभ शाहीले दुई तथा शक्ति तामाङ र राहुलकुमार योञ्जनले समान एक गोल गरेका हुन् ।

सौरभले खेलको पाचौँ र नवौँ मिनेटमा गरी दुई गोल गरेका थिए । सेमिफाइलनमा पिस प्वाइन्टले मनकामनालाई १–० ले पराजित गरेको थियो । दोस्रो सेमिफाइनलमा सांग्रिलाले छहारी शिक्षा सदनविरुद्ध २–० ले हराएको हो ।

विजेतालाई अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष तथा काठमाडौं जिल्ला संघका अध्यक्ष विराटजंग शाहीलगायतले पुरस्कृत गरेका थिए । शाहीले प्रतियोगितामा उत्साहजनक रूपमा स्कुलको सहभागिता रहेकाले सबैलाई धन्यवाद दिए । उनले फुटबल विकासका लागि यस्तै प्रतियोगिता निरन्तर आयोजना हुनुपर्ने बताए ।