१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ९ आइतबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ९ आइतबार o७:४८:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भुवनको टिमलाई प्रो एम उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ९ आइतबार o७:४८:oo

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपअन्तर्गत प्रो एमको उपाधि भुवन नगरकोटीको टिमले १ सय ५७ अंक सहित जितेको छ । गोकर्ण गल्फ क्लबमा स्टेबलफोर्ड फुल ह्यान्डिक्याप फम्र्याटमा भएको प्रतिस्पर्धामा प्रो भुवनले ४१, एमेच्योर विनोद श्रेष्ठले र जयवीर आचार्यले ३९ तथा तारा कार्की चित्रकारले ३८ गरी कुल १५७ स्कोरमा उपाधि जितेको हो ।

१ सय ५१ अंकसहित प्रो जयराम श्रेष्ठको टिम दोस्रो भयो । जयरामले ४०, एमेच्योर इदान्त सिंह साउदले ३८, पवित्रकुमार कार्कीले ३७ र फुर्साङ लामाले ३६ अंक जोडे । प्रो सञ्जय लामाको टिमले १ सय ४२ अंकसहित तेस्रो स्थान प्राप्त गर्‍यो । सञ्जयले ३९ तथा एमेच्योर गल्फरहरू सदभाव आचार्य र रवीन्द्र तिवारीले ३६ र लीलाजंग कार्कीले ३५ अंक जोडे । 

प्रतियोगितामा महिलातर्फ उत्कृष्ट स्कोरका आधारमा तारा कार्की चित्रकारले उपाधि जितिन् । उनले ३८ अंक बनाएकी थिइन् । प्रतियोगितामा सदभाव आचार्यले लंगेस्ट ड्राइभ र निशल्यजंग रायमाझीले क्लोजेस्ट टु दी पिनको उपाधि जिते ।

प्रतियोगितामा २५ प्रोसहित कुल १४० खेलाडीको सहभागिता रहेको थिया । विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका म्यानेजिङ डाइरेक्टर रवि रायवरम, मार्केटिङ उपाध्यक्ष दिप्रा लाहिरी, पिजिए नेपालका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनले पुरस्कार वितरण गरे ।

टंकबहादुर कार्कीले होल नम्बर ८ मा होल इन वन गरे । शुक्रबार सुवास तामाङले १६ अन्डर २७२ को उत्कृष्ट स्कोरमा सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका थिए ।