१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ९ आइतबार
  • Friday, 28 June, 2024
२o८१ असार ९ आइतबार o८:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

वीरगन्ज महानगरको  बजेट दुई अर्ब ८९ करोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ९ आइतबार o८:o१:oo

वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ८९ करोड ४८ लाखको बजेट सार्वजनिक गरेको छ । शनिबार आयोजित १५औँ नगर सभामार्फत उपप्रमुख इम्तियाज आलमले ल्याएको बजेट चालू आवको भन्दा ६२ करोडले घटेर आएको छ ।

चालू आवमा महानगरको बजेट संशोधनसहित तीन अर्ब ५१ करोड छ ।महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा सुरु भएको नगर सभामा उपप्रमुख आलमले चालू आवमा समानीकरण अनुदान रकम २५ प्रतिशत रोक्का रहेको, घरजग्गा कारोबारमा आएको मन्दीलगायतका कारण आगामी आर्थिक वर्षका लागि बजेटको आकार घटाउनुपरेको बताए ।

यस्तै, प्रदेश सरकारबाट ससर्त अनुदान र विशेष अनुदानका रूपमा थप अनुदान प्राप्त हुन नसक्दा समग्रमा राजस्व परिचालन लक्ष्यअनुरूप हुन नसकेको उनले बताए ।  

बजेटमा चालू खर्चतर्फ दुई अर्ब चार करोड ६६ लाख, पुँजीगत खर्चतर्फ ८१ करोड १८ लाख  विनियोजन गरिएको छ । महानगरले खर्च व्यहोर्ने स्रोतहरूमध्ये आन्तरिक राजस्वबाट ७९ करोड ७५ लाख, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट एक अर्ब २७ करोड ९० लाख लाख, संघीय राजस्व बाँडफाँटबाट २६ करोड ८० लाख रहेको छ ।

त्यसैगरी, प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड ३५ लाख, प्रदेश राजस्व बाँडफाँटबाट दुई करोड २८ लाख र नगद मौज्दातबाट १० करोड खर्च व्यहोर्ने गरी बजेट व्यवस्थापन गरिएको महानगरले जनाएको छ । 

ad
ad
ad
ad