१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १४ शुक्रबार
  • Sunday, 30 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १४ शुक्रबार o५:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : शिक्षा र उमेरको बन्धन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १४ शुक्रबार o५:५७:oo

फ्रान्सिस वेलेन्ड पार्कर अमेरिकाका एक प्रसिद्ध शिक्षाविद् थिए । बालबालिकाको शिक्षा सम्बन्धमा उनको योगदान निकै ठूलो थियो । निकै टाढा–टाढाबाट बालबालिकाको शिक्षाका सम्बन्धमा रायसल्लाह लिन उनीकहाँ मानिसको भिड लाग्ने गथ्र्यो । उनी पनि सकेसम्म सहज तरिकाबाट सबै जिज्ञासुको जिज्ञासा शान्त बनाएर पठाउने गर्थे । 

एकपटक शिक्षाविद् पार्कर कुनै एक स्थानमा आयोजित विशेष कार्यक्रममा बालशिक्षाबारे आफ्नो मन्तव्य दिइरहेका थिए । उनको मन्तव्य पूरा भएपछि त्यहाँ प्रश्नोत्तरको क्रम सुरु भयो । प्रश्न सोध्ने क्रममा एक महिला आफ्नो स्थानबाट उठिन् र पार्करसित प्रश्न गरिन्– महाशय, म आफ्नी छोरीको पढाइ सुरु गर्न चाहन्छु । त्यसका लागि सबैभन्दा उत्तम उमेर कुन हो ? पार्करले प्रश्न गरे– तपाईंकी छोरी कहिले जन्मिइन् ? महिलाले अचम्म मान्दै जवाफ दिइन्– छोरी त पाँच वर्षपहिल्यै जन्मिसकिन् नि !

महिलाको जवाफ सुनेपछि गम्भीर हुँदै पार्करले भने– देवीजी, तपाईंले आफ्नी छोरीका सुनौला पाँच वर्ष त्यत्तिकै बर्बाद गरिसक्नुभएछ । पठनपाठन कार्य त बालबालिकाको जन्मसँगै सुरु हुनुपर्छ । अब कत्ति पनि ढिलो नगरी फटाफट घर जानुहोस् र छोरीको शिक्षा अहिल्यैदेखि सुरु गर्नुहोस् । किनकि, ज्ञान र शिक्षाका लागि उमेरको कुनै बन्धन हुँदैन ।

ad
ad
ad
ad