१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १६ आइतबार
  • Tuesday, 02 July, 2024
रासस काठमाडौं
२o८१ असार १६ आइतबार १४:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

संसद् कानुन बनाउने मात्र नभई राष्ट्र निर्माण गर्ने ठाउँ हो : सभामुख घिमिरे

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १६ आइतबार १४:५७:oo

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् कानुन बनाउने मात्र नभई राष्ट्र निर्माण गर्ने थलो भएको बताएका छन्।

६६औँ संसद् दिवसका अवसरमा पूर्वसांसद मञ्च नेपालको आयोजना तथा सघीय संसद् सचिवालयको समन्वयमा आइतबार आयोजित कार्यक्रममा उनले संविधान र कानुन कार्यान्वयनका विषयमा सरोकारवाला निकायसँग छलफल गर्नुपर्नेमा जोड दिए। 

‘कानुन बनाउने निकाय गम्भीर भएर सरोकारवालासँग बृहत् बहस र छलफल जरुरी छ,’ सभामुख घिमिरेले भने। संसदमा सरकारले ल्याएका विधेयकलाई छलफल गरेर पारित गर्ने परिपाटी भएको उल्लेख गर्दै उनले आफैँले अध्ययन गरेर कानुन बनाउने काम सांसदले गर्न सकेमा महत्त्वपूर्ण हुने बताए।

पूर्वसांसद मञ्चले समयसमयमा आफ्ना महत्त्वपूर्ण धारणा सार्वजनिक गर्दै आएको र त्यो राज्यका लागि हितकर भएको सभामुख घिमिरेको भनाइ थियो। पहिलो संसददेखि अहिलेसम्म गरेका कामको महत्त्वपूर्ण सामग्रीको अभिलेखीकरण गर्ने काम गरिरहेको उनले जानकारी दिए।

कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली जनताको भावनाको प्रतिनिधित्व गर्ने स्थान संसद् नै भएकाले जनतासँग निर्वाचनमा गरेका वाचा पूरा गर्न सधैँ लाग्नुपर्नेमा जोड दिए।

ad
ad
ad
ad