१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १६ आइतबार
  • Tuesday, 02 July, 2024
तस्बिर: राेयटर्स
रासस टोरन्टो
२o८१ असार १६ आइतबार १४:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

आकस्मिक हडतालपछि क्यानडामा चार सयभन्दा बढी उडान रद्द

Read Time : < 1 मिनेट
रासस, टोरन्टो
नयाँ पत्रिका
२o८१ असार १६ आइतबार १४:४१:oo

मेकानिक्स युनियनको आकस्मिक हडतालपछि क्यानडाको एयरलाइन वेस्टजेटले चार सयभन्दा बढी उडानहरू रद्द गरेको छ। क्यानडाको दोस्रो ठूलो वायुसेवा कम्पनी वेस्टजेटले ४९ हजार यात्रु प्रभावित हुने गरी ४०७ उडान रद्द भएको जनाएको छ।

एयरलाइन प्रशासन ‘युनियनसँग वार्ता गर्न अनिच्छुक’ भएको कारण एयरक्राफ्ट मेकानिक्स फ्रेटरनल एसाेसिएसनले आफ्ना सदस्यहरूले शुक्रबार साँझदेखि हडताल सुरु गरेको र  यो अपरिहार्य भएको बताएको छ।

संघीय सरकारले बिहीबार बाध्यकारी मध्यस्थताका लागि मन्त्रीस्तरीय आदेश जारी गरेपछि अन्तर्राष्ट्रिय र आन्तरिक उडान प्रभावित हुने गरी आकस्मिक हडताल भएको हो। त्यसपछि नयाँ सम्झौताका लागि युनियनसँग दुई हप्तासम्म चलेको अशान्त छलफलपछि यस्तो भएको हो।

वेस्टजेटले सोमबार क्यानडा डेमा समापन हुने लामो सप्ताहन्तका लागि आइतबारसम्म विमान पार्किङ जारी राख्ने जनाएको छ। एयरलाइन्ससँग करिब दुई सयवटा जहाज छन् र आइतबार साँझसम्ममा करिब ३० वटा उडान भर्ने कम्पनीले जनाएको छ।

ad
ad
ad
ad