१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १६ आइतबार
  • Tuesday, 02 July, 2024
रासस काठमाडाैं
२o८१ असार १६ आइतबार १५:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

नेप्से १४ अंकले घट्यो, कारोबार रकम साढे तीन अर्ब बढी

Read Time : < 1 मिनेट
रासस, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १६ आइतबार १५:५o:oo

साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से १४.८३ अंकले घटेर दुई हजार ३७.०९ को विन्दुमा कायम भएको छ।

आज ३२० कम्पनीको ९१ लाख ७८ हजार आठ सय ९५ कित्ता सेयर ५० हजार नौ सय ५२ पटक खरिद–बिक्री हुँदा रु. तीन अर्ब ६० करोड ७१ लाख ९८ हजार चार सय सातबराबरको कारोबार भएको छ।

आजको कारोबारमा वित्त समूह ०.३४ र उत्पादन तथा प्रशोधन समूह ०.०३ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। बैंकिङ ०.७०, विकास बैंक ०.८०, होटेल तथा पर्यटन ०.४०, जलविद्युत् १.०६ र लगानी समूह ०.६६ प्रतिशतले घटेको छ।

त्यसैगरी, जीवन बिमा समूह ०.४५, लघुवित्त १.३७, म्युचुअल फन्ड ०.१५, निर्जीवन बिमा ०.२८, व्यापार ०.३१ र अन्य समूह ०.९५ प्रतिशतले घटेको छ।

आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सेयर मूल्य ७.०६ र मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको सेयर मूल्य ५.७६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९.३० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु. १२ करोड ८८ लाख ७४ हजार एक सय ५४ बराबरको कारोबार भएको छ । त्यस्तै, कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको दुई लाख २९ हजार दुई सय १० कित्ता सेयर किनबेच भएको छ । रासस

ad
ad
ad
ad