१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १३ बिहीबार
  • Saturday, 29 June, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ असार १३ बिहीबार o७:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

मेयर बालेनले अस्वीकार गरेका चिरिबाबुका दुई योजना

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १३ बिहीबार o७:५७:oo

ललितपुर र काठमाडौं महानगरपालिको साँधसिमाना मात्रै जोडिएको छैन, धेरै हिसाबले समान पनि छ । दुवै महानगर राजधानीभित्रका हुनुका साथै दुवैमा संघीय सरकारका धेरै कार्यालय छन् । दुवै महानगर भिन्न भए पनि धेरै हिसाबले आमसेवाग्राहीले भिन्न भएको महसुस गर्दैनन् । ललितपुरबाट दैनिक लाखौँ मानिस कामकाजका लागि काठमाडौं आउजाउ गर्छन् भने काठमाडौंबाट पनि यसैगरी ललितपुर जाने गर्छन् । तर, यी दुई महानगरका मेयरबीच भने सहरी विकास र व्यवस्थापनमा खासै सहकार्य छैन । 

स्थानीय तह निर्वाचन (०७९) ताका दुई पालिकाका मेयरबीच एक–अर्कालाई सहयोग गर्ने प्रतिबद्धता भएको थियो । तर, उक्त प्रतिबद्धताले दुई वर्ष बित्दासमेत मूर्तरूप लिन सकेको छैन । करिब दुई वर्षअघिदेखि काठमाडौंका मेयर साहसमक्ष ललितपुरका मेयर महर्जनले दुईवटा योजनामा सहकार्य गर्न प्रस्ताव गरेका थिए । पहिलो महानगरमा मेट्रो रेल सञ्चालन र दोस्रो महानगरभित्र साइकल लेन विस्तार । तर, दुवै योजनामा काठमाडौंमा मेयर साह सहमत भएनन् । 

योजना १. मेयर महर्जनले काठमाडौं महानगरसँगको सहकार्यमा थापाथली–त्रिपुरेश्वर हुँदै दुई महानगरको मुख्य सहरी क्षेत्रमा गुड्ने गरी मेट्रो रेल सञ्चालन गर्ने प्रस्ताव मेयर साहलाई राखेका थिए । तर, सो प्रस्ताव काठमाडौंका मेयर बालेन्द्र साहले मानेका छैनन् । उनले यो आवश्यक नरहेको र खर्चिलोसमेत हुने भन्दै हातेमालो गर्न चाहेका छैनन् । ‘मैले दुईवटा योजनामा काठमाडौंका मेयरज्यूलाई मनाउन सकिनँ, ती दुई योजना ललितपुर एक्लैले गर्न पनि सक्दैन । दुईवटा स्थानीय तहको साझेदारी भयो भने मात्रै सम्भव छ,’ मेयर महर्जनले भने, ‘तर, काठमाडौंका मेयरज्यूलाई मैले मनाउन सकिनँ, उहाँले मैले गरेका प्रस्तावलाई आवश्यक नै ठान्नुभएन । तर, जनघनत्व र सहरी यातायातको दूरावस्थाका हिसाबले यो योजना चाहिन्छ ।’   

योजना २. मेयर महर्जनले ललितपुरका केही क्षेत्रमा तीन वर्षअघि नै साइकल लेन निर्माण गरेका थिए । सहरमा हराउँदै गरेको साइकल कल्चर फर्काउन आठ महिनाअघि उनले एउटा योजना ल्याएका थिए । चालू आवको वार्षिक कार्यक्रमभित्र उनले बृहत् साइकल ट्र्याक निर्माण प्रस्ताव अघि सारेका थिए । उनको यो योजनालाई पनि काठमाडौं महानगरले चासो दिएन । उनले काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जको फेददेखि गोदावरीसम्म साइकल ट्र्याक बनाउने प्रस्ताव काठमाडौंका मेयर साहलाई राखेका थिए । तर, घना सहर छिचोलेर साइकलका लागि ट्र्याक बनाउन नसकिने मेयर साहको भनाइ थियो ।  यदि यो योजनाले पूर्णता पाएको भए शिवपुरीदेखि गोदावरीसम्म साइकलमा सरर यात्रा गर्न सकिन्थ्यो।

 बालेन सचिवालयको जवाफ :  दुवै योजना कठिन
मेयर बालेन साहको सचिवालयले भने ललितपुरका मेयरले ल्याएका दुवै योजना काठमाडौं महानगरको हकमा प्रभावकारी नहुने जनाएको छ । विगतमा सडक निर्माण गर्दा साइकल लेनलाई बेवास्ता गरिएका कारण अहिले लेन बनाउन ठूलो खर्च लाग्ने सचिवालयको ठम्याइ छ । यस्तै, मेट्रो रेलमा पनि महानगरको धारणा उस्तै छ । दुवै योजनाबारे काठमाडौं र ललितपुर महानगरसहित सहरी विकाससँग छलफल भएको थियो । व्यावहारिक हिसाबले काठमाडौंमा मेट्रो रेल सञ्चालन गर्न निकै कठिन हुने तर साइकल लेनबारे भने सम्भाव्यता अध्ययन गर्न सकिने मेयर बालेनका स्वकीय सल्लाहकार भूपदेव साहले बताए । 

 

 

ad
ad
ad
ad