१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १५ शनिबार
  • Monday, 01 July, 2024
२o८१ असार १५ शनिबार १७:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

सल्यानका दुई मेडिकल फार्मेसीमा तालाबन्दी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १५ शनिबार १७:३८:oo

सल्यानको शारदा नगरपालिका– १ श्रीनगरका रहेका दुई औषधी पसलमा प्रशासनले तालाबन्दी गरेको छ।

श्रीनगरस्थित कर्णाली अस्पतालको फार्मेसी र मोडेल मेडिकल हलमा तालाबन्दी गरिएको हो।

गैरकानुनी रूपमा आधिकारिक फर्मासिस्ट नराखी मनपरी औषधि बिक्री गरेको अनुगमनका क्रममा पाइएपछि दुई मेडिकल सिल गरिएको औषधि व्यवस्था विभाग शाखा नेपालगन्जले जनाएको छ। 

औषधि ऐन, २०३५ र उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम दुई मेडिकल हललाई कारबाहीस्वरूप तालाबन्दी गरिएको औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका फार्मेसी निरीक्षक दीपेन्द्रकुमार साहले जानकारी दिए।

बिक्री गर्न प्रतिबन्ध लगाएका औषधि विभागमा पेस गर्ने र विभागीय निर्णयअनुसार कारबाही गरिने उनले बताए। ती फार्मेसीबट प्रतिबन्धित औषधि बिक्री-वितरण हुँदै आइरहेको गुनासो बढेपछि अनुगमन गर्दा त्यस्तै पाइएकाले सिल गर्नुपर्ने अवस्था आएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए।

अनुगमनका क्रममा एभरेस्ट मेडिकल हललाई पाँच हजार र मोडेल मेडिकल हललाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ। 

पेट्रोलियम पदार्थसमेत कालो बजारी भइरहेको गुनासो आइरहँदा श्रीनगरमा रहेका खैरावांगी पेट्रोल पम्पलाई २० हजार  र शारदा आयललाई १० हजार जरिवाना गरिएको छ। 

ad
ad
ad
ad