१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १३ बिहीबार
  • Sunday, 30 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १३ बिहीबार १९:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

शुक्रबारदेखि तीन दिन देशभर वर्षा हुने

लुम्बिनी र गण्डकीका केही ठाउँमा धेरै भारी वर्षाको चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १३ बिहीबार १९:o५:oo

शुक्रबारदेखि आगामी तीन दिन देशभर वर्षाको प्रक्षेपण गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले बिहीबार विशेष बुलेटिन जारी गर्दै देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ। 

गण्डकीका केही, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेश र कर्णाली प्रदेशका एक‍–दुई स्थानमा भने भीषण वर्षाको चेतावनी दिइएको छ। गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भने धेरै भारी वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

महाशाखाले आगामी तीन दिन बाढीपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन भनेको छ। मनसुनको न्यूनचापीय रेखा पूर्ण रूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहने भएकाले वर्षा धेरै हुने देखिएको हो।

ad
ad
ad
ad