१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १३ बिहीबार
  • Sunday, 30 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १३ बिहीबार २o:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

संक्रमणकालीन न्यायका बाँकी विषयमा शीर्ष नेताबीच छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १३ बिहीबार २o:५२:oo

सत्ता र प्रतिपक्ष दलका शीर्ष नेताबीच संक्रमणकालीन न्यायका बाँकी विषयमा सहमति जुटाउन छलफल भएको छ।

शान्ति प्रक्रियाका धेरै काम सम्पन्न भए पनि शीर्ष नेतृत्वबीच टिआरसी विधेयक टुंगोमा पुर्‍याउने विषयमा अझै पनि सहमति जुट्न सकेको छैन। 

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आज बसेको बैठकमा सहमति जुट्न बाँकी बुँदामा सहमतिका लागि निरन्तर छलफल गर्ने समझदारी जुटेको नेताहरूले बताएका छन्।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानुनमन्त्री पदम गिरीले जुन-जुन बुँदामा सहमति भएको छैन, तिनीहरूलाई निष्कर्षमा पुर्‍याउन तत्परता देखाउन शीर्ष नेतृत्व एकमत देखिएको जानकारी दिए।

संक्रमणकालीन न्यायका विषयमा धेरै बुँदामा सहमति भइसकेको र तीन चारवटा बुँदामा मात्रै छलफल र सहमति हुन बाँकी रहेको उनले बताए। मन्त्री गिरीले तिनै विषयमा आआफ्ना  दृष्टिकोणबारे पनि केही छलफल भएको तर टुंगोमा पुग्न भने थप छलफल आवश्यक देखिएको बताए।
 

ad
ad
ad
ad