१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ९ आइतबार
  • Saturday, 28 September, 2024
२o८१ असार ९ आइतबार o७:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले डुम्रे-बेँसीसहर सडकखण्डको उदीपुर खण्ड अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ९ आइतबार o७:३४:oo

शनिबार रातिदेखिको निरन्तरको वर्षाले पहिरो खस्दा डुम्रे–बेँसीसहर सडअन्तर्गत उदीपुर सडकखण्ड पुनः अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका– १ उदीपुरमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थानेश्वर चपाईंले पानी परिरहेकाे र पहिरो पनि निरन्तर खसिरहेकाले बाटो खुल्न समय लाग्ने बताए  । यसअघि असार ४ गते पनि पहिरोले सडक अवरुद्ध भएको थियो । 

सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन्  । बेँसीसहरबाट काठमाडौं, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र सो स्थानबाट बेँसीसहर र बेँसीसहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रु समस्यामा परेका छन् । डुम्रे–बेँसीसहर ४२ किलोमिटर रहेको छ ।