१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २७ शुक्रबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २७ शुक्रबार १६:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पल शाहका म्यानेजर पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २७ शुक्रबार १६:५८:oo

बालिकामाथि जबर्जस्ती करणी गरेको आरोप लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन्। नाबालिग बलात्कारको विषयलाई तोडमाेड गरेको र प्रमाण नष्ट गर्ने प्रयास गरेको आरोपमा उनलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ परेका जोशीमाथि घटनाको प्रमाण नष्ट गर्ने प्रयास गरेको आरोप लागेको छ। पीडित पक्षले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो। जोशीले पीडित बालिकालाई डर–धम्की देखाएको, दुर्व्यवहार गर्न खोजेको र सामाजिक सञ्जालमा जथाभावी अभिव्यक्ति दिएको प्रहरीले जनाएको छ। तनहुँ प्रहरीका अनुसार पल शाह पक्राउ परेपछि जोशीले विभिन्न युट्युब च्यानलमार्फत अभिव्यक्ति दिँदै आएका थिए।
 

ad
ad
ad
ad