१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २६ बिहीबार
  • Thursday, 04 July, 2024
नयाँ पत्रिका वासिङ्टन
२o७८ फाल्गुण २६ बिहीबार १३:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

युक्रेनमा जैविक हतियार गतिविधिको रुसी दाबी अमेरिकाद्वारा अस्वीकार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वासिङ्टन
नयाँ पत्रिका
२o७८ फाल्गुण २६ बिहीबार १३:३९:oo

युक्रेनमा अमेरिकी अनुदानमा रासायनिक र जैविक हतियारहरू रहेको भन्ने रुसको आरोप अमेरिकाले अस्वीकार गरेको छ। सो आरोप अस्वीकार गर्दै अमेरिकी विदेश मन्त्रालयले बुधबार क्रेमलिनले पूर्वी युरोपेली क्षेत्रमा यस्ता गैरकानुनी गतिविधिबारे झुट फैलाएको बताएको छ।

रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभले बुधबार युक्रेनी प्रयोगशालाका कर्मचारीहरूले प्लेग, एन्थ्राक्स, हैजा र अन्य घातक रोगहरूका खतरनाक रोगजनक जीवाणुहरू फैलाएको बताएका थिए। ‘क्रेमलिनले जानाजानी संयुक्त राज्य अमेरिका र युक्रेनले युक्रेनमा रासायनिक र जैविक हतियारका गतिविधिहरू सञ्चालन गरिरहेको छ भन्ने स्पष्ट झुट फैलाइरहेको छ। त्यसैगरी चीनका अधिकारीहरूले पनि यी षड्यन्त्र सिद्धान्तहरू प्रतिध्वनित गरेको’ अमेरिकी विदेश मन्त्रालयले  बताएको छ।

अमेरिकाको विदेश मन्त्रालयले रसियाले अर्को देशविरुद्ध यस्तो झुट दाबी आविष्कार गरेको पहिलोपटक नभएको र यस्ता दाबीहरू धेरैपटक खारेज गरिएकाे बताएको छ। रासस/एएनआई

ad
ad
ad
ad