नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन र समसामयिक विषयमा जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय पदाधिकारीहरूको उपस्थितिमा आज पत्रकार सम्मेलन गर्न लागिएको हो। पार्टीले बुधबार दिउँसो ३ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्ने उनले जानकारी दिए ।
कांग्रेसले फागुन २९ देखि चैत २९ सम्म स्थानीय तह निर्वाचन केन्द्रीत ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्दै छ। अभियानअन्तर्गत मंगलबार कांग्रेसले केन्द्रीय प्रतिनिधि तोकेको थियो।
मंगलबार सभापति शेरबहादुर देउवाले केन्द्रबाट खटिने प्रतिनिधिहरूको बैठक राखेर केन्द्रीय तहदेखि पालिकासम्मको जिम्मेवारी बाँडफाँडसहित निर्देशन दिएका थिए।