१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २४ मंगलबार
  • Monday, 01 July, 2024
२o७८ फाल्गुण २४ मंगलबार १७:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सिराहा कांग्रेस सभापतिमा रामचन्द्र यादव निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २४ मंगलबार १७:४२:oo

कांग्रेस सिराहाको सभापतिमा रामचन्द्र यादव निर्वाचित भएका छन् । संस्थापन पक्षका यादव दोस्रो कार्यकालको लागि सिराहा जिल्ला सभापतिमा ५४१ मतान्तरले निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृत सञ्जीवकुमार लामाका अनुसार यादवले एक हजार ४२६ मत ल्याएका छन् भने संस्थापन इतरपक्षका रामसुन्दर चौधरीले ८८७ मत ल्याएका छन् । 

निर्वाचनको क्रममा भएको विवाद समाधान नगरी मतदान गरिएको थियो । सुरक्षाकर्मी र निर्वाचन अधिकृतको मिलोमतोमा धाँधली गरेको आरोप लगाउँदै चौधरीपक्षले सोमबार मतदान र मंगलबार मतगणना बहिष्कार गरेको थियो । 

यादवलाई जिताउन गृहमन्त्री बालकृष्ण खाणकी श्रीमती मञ्जु खाण, कांग्रेस नेतृ चित्रलेखा यादवलगायत खटिएका थिए । 

निर्वाचन अधिकृत लामाले सोमबार राति भएको मतदानमा कुल करिब २७ सय मतदातामध्ये २४ सय ७३ मत खसेको बताए । जसमध्ये १ सय ६० मत बदर भएको थियो ।

ad
ad
ad
ad